३१ भाद्र, सुनसरी । सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाउँपालिका–१ लौकहीबाट सशस्त्र प्रहरीले विस्फोटक पदार्थ पटका बरामद गरेको छ ।
सशस्त्र सीमा सुरक्षा बल (बिओपी) लौकहीले ठूलो परिणाममा बिस्पोटक पदार्थ पटाका बरामद गरेको हो ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा गस्तीको समयमा विष्फोटक पदार्थ (पटाका) बरामद गरेकोमा आलुबम २० प्याकेट, पटाका ३ सय ५० प्याकेट, झिरझिरे पटका सहित बरामद गरिएको जनाएको छ ।
आज सशस्त्र प्रहरीको विशेष चेकिङ टोलीले सीमा खण्डबाट पटाका बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक अरुण पाण्डेले जानकारी दिनुभएको छ ।
विष्फोटक पदार्थ (पटाका) बरामद गरी विओपी लौकहीले खाल्डोमा पुरेर नष्ट गरेको बताईएको छ ।