बीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरूषको मृत्यु

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरूषको मृत्यु

३१ भाद्र, सुनसरी । वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मुत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ का ३५ बर्षीय पुरुषको आज बिहान ६ः१० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।

मृतकलाई विगत एक बर्ष देखी मृगौलाको समस्या थियो । हप्तामा २ पटक डाईलाईसिस हुने गरेकोे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । मृतकको शव व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर