अध्यक्षद्धयको प्रतिवेदनमा माधव नेपाल असन्तुष्ट हुनुहुन्नः भिम रावल

अध्यक्षद्धयको प्रतिवेदनमा माधव नेपाल असन्तुष्ट हुनुहुन्नः भिम रावल


२७ भाद्र, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले अघि सारेको राजनीतिक प्रतिवेदन कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै उहाँले प्रतिवेदनलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालको कुनै असन्तुष्टि नभएको पनि जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले यी सबै कुराहरुको समर्थन गर्नुभएको छ । बरु, उहाँले प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ ।’ उहाँले विहिवार बसेको पार्टीको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने विषयमा छलफल नभएको पनि जिकिर गर्नुभयो ।

पार्टीका निर्णयहरु कार्यान्वयन हुनुपर्ने कुरामा आफूहरुले जोड दिएको बताउँदै उहाँले वामदेवलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयपनि कार्यान्वयन हुने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर