बिपी जयन्तीको अवसरमा दमकमा दिप प्रज्वलन

बिपी जयन्तीको अवसरमा दमकमा दिप प्रज्वलन


२४ भाद्र, झापा । नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्म जयन्ती झापाको दमकमा पनि मनाईएको छ । दमकको मुख्य चौकमा आज साँझ दिप प्रज्वलन गर्दै जन्मजयन्ती मनाईएको हो ।

नेपाल विद्यार्थी संघ (नेवि संघ) दमक बहुमुखी क्याम्पस इकाई समितीको आयोजनामा भएको दिप प्रज्वलन कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष तुलसा पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी, क्षेत्रिय सभापति, नगर सभापति, विद्यार्थी नेताहरू लगायत अन्य शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कोरोना महामारीको समय भए पनि सामाजिक दुरी कायम गर्दै नेवि संघ झापाको निर्देशनमा कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका नेवि संघ दमक बहुमुखी क्याम्पसका सभापति अतित वान्तावा राईले जानकारी दिनुभयो ।

दिप प्रज्वलन कार्यक्रमको अन्त्यमा बोल्दै उहाँले बिपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा रहेको बताउदैँ नेपाली काँग्रेसले वीपीको आदर्शलाई भुल्न नहुने बताउनुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर