काँग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

२३ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेस महामन्त्री डा.शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उहाँको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार कोइरालालाई हिजो ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिनुभयो ।

यसैबीच महामन्त्री कोइरालाले आज गरिएको परीक्षणका क्रममा आफूमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । यद्यपि हालसम्म आफूमा स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको कोइरालाले बताउनुभएको छ ।

चिकित्सकहरुको सल्लाह अनुसार आफू होम आइसोलेसन बस्न सुरु गरेको पनि उहाँले जानकारी गराउँनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270