मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्काल योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्काल योजना बनाउन प्रधानमन्त्रीको निर्देशन


२३ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनोसामाजिक समस्याको संबोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी र निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिनुभएको छ ।

आज बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा उहाँले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुनेमा जोड दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उक्त अवसरमा प्रा. डा सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा. डा. दिव्यासिंह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा रोशन पोखरेललगायतका सम्बन्धित विज्ञहरूले प्रधानमन्त्रीसमक्ष संक्रमणको समयमा अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरूका बारेमा सल्लाह सुझाव लिनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर