मिर्गाैला पिडित पदम कुमारी बेघाद्धारा आर्थिक सहयोगको याचना

मिर्गाैला पिडित पदम कुमारी बेघाद्धारा आर्थिक सहयोगको याचना

२३ भाद्र, झापा । दमक नगरपालिका–५ प्रगति टोलकी पदम कुमारी बेघा विगत दुई बर्ष देखी मिर्गाैला, सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसकी छिन् । आर्थिक अवस्था न्यून भएका कारण अहिले पदम कुमारी अस्पताल समेत जान सकेकी छैनन् ।

बिराटनगरको नोबेल अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, पैसा पनि सकिएको उनका श्रीमान बुद्धराज मेयाङ्बोले बताए । आर्थिक समस्याकै कारणले आफ्ना श्रीमतीको स्वास्थ्य समस्या बढिरहेको भन्दै उनले सहयोगको अपिल पनि गरे ।

चिकित्सकका अनुसार डाइलेसिसको माध्यमबाट यात मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसको लागि १५ दिनको मात्र समय दिएको संञ्चारकर्मी समेत रहेका छोरा अबिन मेयाङ्बोले बताए । आमाको उपचारका लागि आफुहरुसंग पैसा नभएको कारण अहिले गाउँसमाज, आफन्त, संघ–संस्था तथा सामजिक ब्याक्तित्वलाइ सहयोगको अपिल गरीरहेको उनले सुनाए ।

बिरामी भएकी पदम कुमारी बेघा अहिले ५९ वर्ष पुगेकी भईन् । परिवारको आर्थिक स्थिति पनि कमजोर भएको र अब उपचार खर्च धान्न नसक्ने स्थिति उत्पन्न भएकोले सहयोगको अपिल गरेको श्रीमान बुद्धराज मेयाङ्बोले बताए ।

सहयोग गर्न चाहनुहुन्छ भने यो नम्बरमा सिधा सम्पर्क गर्न सक्नुहुनेछः ९८१५०१७४६०/९८१५०००५६१/९८४००४३७५३

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270