२२ भाद्र, काठमाण्डौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाबारे गरेको टिप्पणीको भाषा शैलीलाई लिएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जवाफ फर्काउनुभएको छ । देशको प्रधानमन्त्री भईसकेको व्यक्ति हो वा गाली शिरोमणि भनेर थापाले प्रश्न गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा मार्फत थापाले भन्नुभएको छ–‘सामाजिक मर्यादा र शिष्टता पोलेर खाएको पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी !’ भन्दै सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि ? भन्दै लेख्नुभएको छ ।
‘डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि ? यस ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलौज र सन्तुलन गुमाएको जस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ?’, सल्लाहाकार थापाले भट्टराईप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
त्यस्तै उहाँले अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ ? कसरी त्यसको अपेक्षा गर्नु ? भन्दै भट्टराईलाई अरुको सम्मान गर्न समेत आग्रह गर्नुभएको छ ।
थापाले केपी शर्मा ओली निरंकुश राजतन्त्रविरूद्ध गोलघर, जेल र सेलमा १४ बर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै ?’ भन्दै जवाफ समेत माग गर्नुभएको छ ।