२१ भाद्र, झापा । कोरोना भाइरसको संक्रमणबाट झापाका थप एकजना महिलाको मृत्यु भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो ।
झापाको कनकाई नगरपालिका–३ की ४५ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।