गोकुल बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी

गोकुल बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी


२१ भाद्र, काठमाण्डौँ । पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई फेरि मन्त्री बनाउने तयारी भएको छ । बास्कोटालाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको घुसको मोलमोलाईको टेप प्रकरणमा चोख्याएर मन्त्री बनाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनलाई केही समय पछि धकेलेको स्रोतको भनाई छ ।

बास्कोटा टेपकाण्डमा चोख्खिएलगत्तै पुनः मन्त्री बन्ने स्रोतले जानकारी दिएको छ । यसैका लागि योजनावद्ध तरिकाले प्रक्रिया बढेको छ ।

बास्कोटाको टेपकाण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजयप्रकाश मिश्रलाई सात दिनभित्र टेपको डिभाइस लिएर उपस्थित हुन पत्र लेखेको छ । तर, मिश्रले एक साताभित्र आउन नसक्ने जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर