आफ्नो निर्णय सच्याउन सभापति देउवालाई संस्थापन इतर समूहको एक हप्ते अल्टिमेटम

आफ्नो निर्णय सच्याउन सभापति देउवालाई संस्थापन इतर समूहको एक हप्ते अल्टिमेटम

२१ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समुहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय फिर्ता गराउन चरणबद्ध दबाब दिने निष्कर्ष निकालको छ । संस्थापन इतर समूहको हिजो भएको ‘भर्चुअल’ बैठकले सभापति देउवाद्वारा पार्टी विधान विपरीत गरिएका निर्णय सच्याउन एक हप्ताको अल्टिमेटम दिने निष्कर्ष निकालेको हो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, शेखर कोइराला, रामशरण महत, महेश आचार्य, धनराज गुरुङ, चन्द्र भण्डारी, नविन्द्रराज जोशी, गगन थापा, गुरू घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, उमाकान्त चौधरीलगायत नेता सहभागी हुनुहुन्थ्यो ।

नेता केसीका अनुसार गत बिहीबारको ‘भर्चअल’ बैठकद्वारा गठित तीन सदस्यीय समितिले तयार पारेको प्रतिवेदनमाथि नेताहरुले धारणा राख्नुभएको थियो ।
केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवन परियार र बद्री पाण्डे सम्मिलित समितिले विभाग गठन, क्रियाशील सदस्यता वितरणमा अपारदर्शीता, भ्रातृ संस्थाको म्याद थपबारे रणनीतिक प्रतिवेदन बनाएको थियो ।

सभापति देउवाले विरोधका बाबजुद पनि पार्टीका केन्द्रीय विभाग गठन र विस्तार जारी राखेपछि इतर पक्ष आक्रोशित बनेको छ । अहिलेसम्म देउवाले ४७ वटा विभाग मध्ये २० वटा विभाग बनाएर करिब ९ सय कार्यकतालाई जिम्मेवारी दिइसक्नुभएको अवस्था छ ।

यस्तै सभापती देउवाले पार्टीमा नवप्रवेशीलाई मनमौजी ढंगले क्रियाशील सदस्यताको फाराम दिने गरेको भन्दै इतर पक्ष सशंकित बनेको छ । सहमतिविना देउवाले ९ वटा भातृ संस्थाको म्याद थपेकोमा पनि उनीहरुको आपत्ति छ । उक्त विषयलाई मुद्दा बनाएर इतर पक्षले चरणबद्ध विरोध कार्यक्रम तय गरिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर