भाद्र १६, सुनसरी । सुनसरीको दुहबी १२ बुगडरी मुस्लिम टोल बस्ने २७ बर्षीया गुलेसा खातुनको करेन्ट लागेर मृत्यु भएको छ ।
आज दिउसो सवा १२ बजे आफ्नै घरमा लुगा सुकाई रहेको अवस्थामा अचानक मिटरको तार सर्ट भई करेन्ट लागेर बेहोस भएकी थिइन् ।
खातुनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७