झापमा खोलामा डुबेर एक किशोरीको मृत्यु

झापमा खोलामा डुबेर एक किशोरीको मृत्यु

१४ भाद्र, झापा । झापाको भद्रपुर नगरपालिकामा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–४ बस्ने १६ बर्षीया कमला चेमजोङ रहेकी छन् ।

प्रहरीका अनुसार हिजो दिउँसो भद्रपुर–४ स्थित मायालु सामुदायिक वनमा कमला र उनकी साथी सुस्मिता राई निगुरो टिप्न गएका थिए ।

गर्मी भएपछि सोही वनको कार्यालय भवन पछाडि देउनियाँ खोलामा नुहाउने क्रममा कमलाको डुबेर मृत्यु भएको हो ।

कमला स्थानीय चन्द्र भानु ज्योति विद्यालयमा कक्षा १२ अध्ययनरत छात्रा हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर