१५ भाद्र, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई शुक्रबार विहानै बालुवाटार बोलाउनुभयो । गौतम भैंसेपाटीबाट हुइँकिएर निस्कनुभयो । जहाँ दुई नेताबीच पार्टीका विषयमा रणनीतिक कुराकानी भयो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहनुभएका ओलीले उपाध्यक्ष गौतमसंग पार्टी सञ्चालन र भावी रणनीतिका विषयमा केन्द्रित रही दुई घन्टा छलफल गर्नुभयो । छ बुँदे सहमतिको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न भुमिका खेलेका गौतमलाई ओलीले भविष्यमा महत्वपूर्ण समयमा साथ दिएर गुन तिर्ने संकेत गरेको बुझिएको छ ।
गौतमलाई ओलीले राष्ट्रियसभामा लाने चाहना विगत देखि नै देखाइरहनुभएको थियो । तर, गौतमले पार्टी जिम्मेवारीमा जोड दिदै आउनुभएको छ । त्यसैले उहाँले उपाध्यक्ष पद प्राप्त गर्नुभयो ।
भविष्यमा पनि ओलीको साथमा अध्यक्ष पाउने आशामा गौतम रहनुभएको स्रोत बताउछ । तत्कालिन नेकपा एमाले अध्यक्ष बन्दा होस् या पटक पटक सत्ता संकट हुँदा साथ दिएको विषय नै किन नहोस् गौतमले अब चाहिं आफूले साथ खोजेको बताउनुभएको थियो ।