सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छः काँग्रेस कोषाध्यक्ष यादव

सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्छः काँग्रेस कोषाध्यक्ष यादव

१३ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभएको छ ।

सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली काँग्रेसको पुनःजागरण अभियान ः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का काँग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा काँग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताउनुभयो ।

“गुट उपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म काँग्रेस बलियो हुन सक्दैन”, उहाँले भर्चुअल अन्तरक्रियामा अन्नुभयो । कोषाध्यक्ष यादवले पार्टीबाट निर्माण गरिएको विधान पालना नहुँदा काँग्रेस झन् कमजोर हुँदै गएको समेत उल्लेख गर्नुभयो ।

क्रियाशील सदस्यता वितरणमा अनियमितता हुँदा पार्टी झन् धरासयी बन्दै गएको उहाँको भनाइ थियो । कोषाध्यक्ष यादवले जागरुक भएर सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर