मोरङको लेटाङ नगरपालिका सिल

मोरङको लेटाङ नगरपालिका सिल

१२ भाद्र, मोरङ । मोरङको लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिका एक वडामा एकै परिवारका चार जनालाई कोरोना संक्रमण देखिएपछि नगर क्षेत्र सिल गरिएको हो ।

कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको नगरपालिका स्रोतले बताएको छ । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे हो ।

सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर