१२ भदाै, दमक । झापाको दमक नगरपालिकाले नगरपालिका भित्र थप ७ दिन निषेधाज्ञा लकडाउन थप गरेकाे छ । आज शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेकोले भदाै २० गते राति १२ बजे सम्म निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको हो ।
निषाेधाज्ञा कायम रहे पनि दैनिक उपभाेग्य सामग्री खरिद बिक्रिका लागि भने बहिन ७ बजेदेखि दिउँसो १२ बजेसम्म भाैतिक दुरी कायम गरि पसल तथा ब्यवसाय खोल्न पाइने छ । दैनिक उपभाेग्य सामग्री बिक्रि वितरण गरिएकाे पनि दमक ६ स्थित नयाँसब्जि बजार भने पूर्ण रूपमा बन्द हुने भएकाे छ ।
औषधी पसलहरु खुल्लै रहने तथा अस्पतालहरुले अतिआवश्यक सेवाबाहेक अन्य सेवा दिन नपाइने बताइएको छ । दैनिक उपभोग्य सामाग्री भने बिहान ६ बजे देखि ९ बजेसम्म ढुवानी गर्ने समय तोकिएको छ । २५ जना भन्दा बढी मलामी जान पाइने छैन ।
निषेधाज्ञाको नगरपालिकाबाट अनुगमन गरिने र नियम उल्लघन् गरे कडा कारबाही गरिने दमक नगरपालिकाले जनाएको छ । दमकमा कोरोना संक्रमितको संस्या ८१ रहेको छ । संक्रमित बढ्दै गएपछि गत साउन ३२ देखि निषेधाज्ञा कायम गरदै आएको छ ।
निषेधाज्ञाको समयसिमा भोली भाद्र १३ गते राति १२ बजेसम्म रहने छ । त्यसपछि पनि निषेधाज्ञा थप ७ दिन कायम राख्न जिल्ला प्रशासनलाई सिफारिस गरिएको हो


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७