झापाका प्रजिअ मगरको सरुवा

झापाका प्रजिअ मगरको सरुवा

१२ भाद्र, झापा । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले प्रजिअ मगरको सरुवा गरेको हो ।

नेपाल प्रशासन सेवा राज पत्राङ्कित प्रथम श्रेणीका सह–सचिव मगरलाई परराष्ट्र मन्त्रालय अन्र्तगत सरुवा गरिएको छ । प्रजिअ मगरले आफ्नो सरुवा भएको बताउँनुहुँदै काभ्रेका प्रजिअ झापा आउने सम्भावना रहेको बताउनुभयो ।

मगरले २०७६ असोजदेखि झापामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर