काेराेनाका कारण कमल गाउँपालिकामा एक जनाकाे मृत्यु

काेराेनाका कारण कमल गाउँपालिकामा एक जनाकाे मृत्यु

१२ भदाै, झापा । झापाको कमल गाउँपालिकामा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । काेराेनाका कारण कमल स्थित केरखा बजारका ८३ बर्षिय बृद्धकाे मृत्यु भएकाे हाे ।

बृद्धकाे उपचारका क्रममा आज बिहान ४ बजे धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । कमल गाउँपालिकामा पहिलो पटक कोरोनाका कारण निधन भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लले पनि पुष्टि गर्नुभएको छ ।

उनमा सुगर, प्रेसर र किडनीमा पनि समस्या रहेको जनाईएको छ । कोरोना कारण झापाका दोश्रो ब्याक्तिको मृत्यु भएको हो । यसभन्दा अघि दमकका एक ब्याक्तिको कोरोना संक्रमणले काठमण्डौमा मृत्यु भएको थियो । कमल गाँउपालिकामा समुदायमा कोरोना संक्रमण देखिन थालेको छ ।

साउन ३२ गते उनको स्वाब परीक्षण भएर भदौ ३ गते रिर्पोट आएको थियो । उनि शुरुमा लाइफलाइन अस्पताल दमक उपचारका लागि आएका थिए । त्यसपछि उनि बिएण्डसी अस्पताल गएका थिए । त्यहाँ जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।कमलमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । ३ जना भने यसअघि नै निको भएर घर फर्किएका छन्

प्रतिक्रिया:

सम्बन्धित खवर