लघुचलचित्र ‘पिडा’ सार्वजनिक (भिडियाे सहित)

लघुचलचित्र ‘पिडा’ सार्वजनिक (भिडियाे सहित)

दमक । रुकुमहत्या काण्ड र १० वर्षे जनयुद्धको समेत झझल्को दिने लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ । चलचित्र निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको हाे ।

निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको सुख प्राप्ती गर्ने आशामा बिदेशिनु पर्दाको पिडालाई प्रस्तुत गरिएको छ ।

संचारकर्मी देशराज नेम्बाङ, मधु सुब्बा, सुमी जंग राना र रुपमनी चाम्लिङको अभिनय रहेकोे लघु चलचित्र ‘पिडा’ मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

बहिनिलार्ई पढाएर ठुलो मान्छे बनाउने मायालुलाई सुखसँग राख्ने सपना बोकेर बिदेशिएको युवा बिदेशमा पुगेपछि भोग्नु पर्दाको दुर्दशा र सपनाहरु टुटेपछि रित्तिएर फर्किनुको पिडा समाबेश गरिएको लघु चलचित्र ‘पिडा’ मा रुकुम काण्ड र १० वर्षे जनयुद्धको समेत झझल्को दिलाउछ ।

भिडियाे हेर्न तलकाे लिङ्कमा जानुहाेस् ।

प्रतिक्रिया:

सम्बन्धित खवर