शितल निवासमा नयाँ सुरक्षा सल्लाहकार आउँदै

शितल निवासमा नयाँ सुरक्षा सल्लाहकार आउँदै


१० भाद्र, काठमाण्डौँ । राष्ट्रपतिका सुरक्षा सल्लाहकार सेनाका अवकाशप्राप्त तीनतारे जर्नेल नेत्रबहादुर थापाले शितल निवासबाट पनि अवकाश पाउनु भएको छ ।

थापाको अवकाशपछि रिक्त पदमा यहि भाद्र १५ गते अवकाश हुन लागेका दुई तारे जर्नेल राजेन्द्र कार्कीलाई लैजाने तयारी रहेको छ ।

म्याद र लेफ्टिनेन्ट जर्नेलको एउटा दरवन्दी नथपिने भएपछि कार्कीको अवकाश पक्का भएको हो । यसअघि एकतारे हुँदा उहाँ एक बर्ष शीतल निवासमा समेत खटिएर लुम्बिनी जानुभएको थियो ।

पहिले पनि खटिएको नाताले अब अवकाशपछि उहाँलाई नै राष्ट्रपतिको सल्लाहकार बनाउन उपयुक्त हुने निश्कर्ष जङ्गी अड्डाले निकालेको बताइएको छ ।

मेजर जर्नेल रघु भण्डारीले पनि आगामी कार्तिकमा अवकाश पाउनुहुँदैछ । उहाँलाई युनिफर्म लगाएरै राष्ट्रिय सेवा दलको जिम्मा लगाउने तयारी छ । सेवा दलबाट साँठी बर्ष लागेर रमिन्द्र क्षेत्रले अवकाश पाउनुभएको छ ।

हालका प्रधान सेनापतिको गुड बुकमा अनन्त कार्की र प्रेम शाहीको पनि नाम छ ।

उता, सेनापतिका सैनिक सचिव विनयबिक्रम राणालाई पश्चिम पृतना पोखराको पृतनापति वा खरिद हेर्ने बिभाग सम्भारको रथी बनाइने सम्भावना बढेको छ ।

यसअघि रघु भण्डारीलाई पनि पृतनापतिमा नखटाई सम्भारमा राखिएको थियो ।

सम्भारमा राखेपछि हाकिमलाई सेनाको ठूलो परिमाणको खरिदमा प्रत्यक्ष संलग्न हुने अवसर मिल्छ ।

त्यसैगरी प्रेम शाहीले दुई तारे पाउनसाथ सेनापति पछिको शक्तिशाली अपरेसन बिभाग डिजिएमओ सम्हाल्ने मौका पाउनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर