प्राधिकरणको निर्देशकमा घिसिङले निरन्तरता पाउँने सम्भावना न्यूनः प्रधानमन्त्री नै असन्तुष्ट

प्राधिकरणको निर्देशकमा घिसिङले निरन्तरता पाउँने सम्भावना न्यूनः प्रधानमन्त्री नै असन्तुष्ट


१० भाद्र, काठमाण्डौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले निरन्तरता पाउँने सम्भावना न्यून रहेको स्रोतले बताएको छ ।

घिसिङको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन स्वयम नै असन्तुष्ट रहेको स्रोत बताउँछ ।

उच्च स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट हुनुहुन्छ । उहाँ लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढ्न नसकेको विषयमा बालुवाटारमा समेत छलफल भएको बताईएको छ ।

पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीति चालेको रिपोर्ट बालुवाटारमा पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर