सुनसरीमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

सुनसरीमा आज ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि

९ भाद्र, सुनसरी । सुनसरीको जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न ठाउँको प्रहरी कार्यालयहरूमा रहेका २१ जना थुनुवा गरी सुनसरीमा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

आज थपिएका थुनुवाहरू कोशी गाउँपालिकाका ५ जना, देवानगञ्ज गाउँपालिकाका ३ जना, गढी गाउँपालिकाका १ जना, इटहरी उपमहानगरका २ जना, भोक्राहाका ६ जना, इनरुवाका १ जना र बराहाक्षेत्र नगरपालिकाका ३ जना गरी २१ जना थुनुवा रहेको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ फोकल पर्सन सिर्जना लिङ्थेपले बताउनुभयो ।

यसैगरी सुनसरीको इनरुवा नगरपालिकाका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जना गरी आज मात्रै सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

यस सँगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय ८५ पुगेको छ भने २ सय ६ जना निको भएर घर फर्किएका छन् । यसैगरी २ सय ७९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेको लिङ्थेपले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर