चुलाचुलीबाट गाँजा सहित दुई जना युवा पक्राउ

चुलाचुलीबाट गाँजा सहित दुई जना युवा पक्राउ

९ भाद्र, इलाम । इलामको चुलाचुलीबाट गाँजा सहित दुई जना युवा पक्राउ परेका छन् ।

करीव २ किलोग्राम तयारी गाँजा लिएर झापा तर्फ जाँदै गरेका बर्ष १७ का र बर्ष १९ का दुई युवकलाई चुलाचुली–५ र दमक ३ को सिमा क्षेत्र जिरो प्वाइन्टबाट सशस्त्र प्रहरी वेस क्याम्प चुलाचुलीका ईन्चार्ज भोला खत्रीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई कानुनी कारवाहीका लागि प्रहरी चौकी पेल्टीमारीमा बुझाइएको ईन्चार्ज खत्रीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुको नाम खुलाईएको छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर