दमकका १८१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आयो

९ भाद्र, झापा । झापाको दमक नगरपालिकाका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

सिआर जाँचका लागी पठाइएका २०९ मध्ये १८१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले जानकारी दिनुभयो ।

पछिल्लो एक साता यता स्वाब परीक्षण गरिएका उनीहरुको रिपोर्ट आज आएको र ती मध्ये २८ जनाको रिपोर्ट भने आउन बाकी रहेको बताइएको छ । पछिल्ला दिनमा संक्रमण देखिएका बिद्युत प्राधिकरण कार्यालय, जीवन बिकास टोल, टेलिकम कार्यालय, मालपोत कार्यालय र क्वारेन्टाइनमा बस्दै आएकाहरुको नमुना परीक्षण गरिएको थियो ।

यसैवीच कोभिड अस्पताल तथा विभिन्न होम आइसुलेसनमा उपचाररत २२ संक्रमितको पनि नमुना पठाएकोमा ९ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले वताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270