
८ भाद्र, काठमाण्डौँ । पूर्व गृह सहायकमन्त्री सोनेलाल राय यादवको निधन भएको छ । यादवको आज वीर अस्पतालमा उपचारको क्रममा दिउसो तीन बजे निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । ७२ वर्षीय यादव ६३ दिनदेखि वीर अस्पतालको आईसियुमा उपचारारत हुनुहुन्थ्यो ।
सर्लाही साविक खुटौना गा.वि.स. वडा नम्बर ४ (हाल मलंगवा नगरपालिका वडा नम्बर ६) घर भएका यादवको श्रीमती कैलाशदेवी यादव, दुई छोरा रामगोपाल राय यादव र लालबाबु राय यादव छन् भने एक छोरी अनिता यादव छिन् ।
जेठो छोरा रामगोपालका अनुसार मेनिजाईटिस भएपछि यादवलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याईएको थियो ।
राजाको प्रत्यक्ष शासन कालमा यादव गृह सहायक राज्यमन्त्री हुनुभएको थियो । यादव २०२८ सालदेखि गाउँ प्रक अधिकारी, मजदुर संगठनको केन्द्रिय कोषाध्यक्ष र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालिन राप्रपा संयुक्तका प्रदेश नम्बर २ का प्रमुख हुनुहुन्थ्यो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७