कोरोना कहरले कांग्रेसको महाधिवेशन अनिश्चित

कोरोना कहरले कांग्रेसको महाधिवेशन अनिश्चित

८ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन फाल्गुनमा नहुने निश्चित जस्तै भएको छ । कोरोना महामारीका कारण तोकिएको समयमा महाधिवेशन नहुने निश्चितप्रायः भएको नेताहरुले बताउन थालेका छन् ।

सभापति शेरबहादुर देउवाले दशैंसम्म कोरोना नियन्त्रण भयो जेष्ठमा यदि भएन भने भदौको पहिलो हप्ता महाधिवेशन गर्नेगरि आन्तरिक तयारी गरेको देउवा केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँकाअनुसार १४औं महाधिवेशनमा सभापतिमा वर्तमान सभापति देउवाले उम्मेद्धावरी दिनुहुने छ । देउवालाई उपसभापति विमलेन्द्र निधिले पनि साथ भएको स्रोतले बताएको छ । यसअघि निधिले आफू सभापतिमा उम्मेद्धवारी दिनेगरि तयारीमा जुटेको बताउनुभएको थियो ।

स्रोतकाअनुसार १४औं महाधिवेशनमा देउवालाई सभापती बनाउन निधीले सहयोग गर्नुहुने छ । त्यसपछि निधिलाई प्रधानमन्त्री बनाउन देउवाको भुमिका हुने छ ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट भने सहमतिमा नै सभापतिको उम्मेद्धवारी दिने तयारी छ । त्यसकोलागि पौडेलले नै तयारी गरिरहेको स्रोतको भनाई छ ।

कोइराला परिवारबाट भने वर्तमान महामन्त्री डा. शशांक कोइरालाले उम्मेद्धवारी दिने घोषणा गरिसक्नुभएको छ ।

देउवा ईतरपक्षहरु मिल्दा कोइराला र पौडेलमध्ये एक जना सभापतिमा लड्ने सम्भावना बलियो रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर