कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न देउवाको सुझाव

कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न देउवाको सुझाव


७ भाद्र, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयको सदुपयोग गरेर सवल ढंगले कार्य गर्न सरकारलाई अपील गर्नुभएको छ । उहाँले लकडाउन र निषेधाज्ञाको समयलाई उपयोग गरेर कोरोना विरुद्धको संघर्षलाई नयाँ ढंगले ब्यवस्थित गर्न सरकारलाई अपिल गर्नुभएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै सभापति देउवाले पीसिआर परिक्षण ७७ जिल्लामै गर्ने गरि अविलम्ब क्षमता बिस्तार गरेर समुदाय स्तरमा परिक्षण व्यापक रुपले पुर्याउन पनि माग गर्नुभएको छ ।

कोभिड अस्पतालहरु निश्चित र ब्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड ब्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न पनि विज्ञप्तीमा उल्लेख छ । उनले भन्नुभएको छ,–‘खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।’ -file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर