प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन सर्वाेच्चको अन्तरिम आदेश

३ भाद्र, काठमाण्डौँ । प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई तत्काल पदबाट नहटाउन सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत श्रावण २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो ।

त्यसलगत्तै श्रावण ३२ गते सरकारले अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्ति दिँदै त्यसको एकदिनपछि भाद्र १ गते राती कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो ।

सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल वोर्डले आइतबार नै सर्वाेच्च अदालतमा रिट हालेको थियो । सो रिटमाथि सुनुवाई गर्दै सर्वाेच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै दुर्गा भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा कामकाज गर्न रोक लगाइदिएको छ ।

सर्वाेच्च अदालतले आज जारी गरेको अन्तरिम आदेशमा सरकारले नियमावलीमा गरेको संशोधन नै काउन्सिलको ऐन विपरित रहेको र यसले प्रेस काउन्सिलको स्वायत्ततामा असर गर्ने भन्दै नियमावलीमा थप गरिएको नियम ३ (क) लाई तत्काल कार्यन्वयनमा नल्याउन सरकारको नाममा अन्तरिम आदेश दिइएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर