राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

३ भाद्र, काठमाण्डौँ । स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु उहाँको निवास लैनचौर पुगेर श्रद्धाञ्जली दिएका छन् ।

यस्तै उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल आज बिहान घिमिरेको निवासमा पुगेर श्रद्धाञ्जली दिँदै राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभएको छ । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईसहित विभिन्न मन्त्री, सांसद, नेतालगायतपनि घिमिरे निवास पुगेर श्रद्धाञ्जली दिनुभएको छ ।

घिमिरेको १०२ बर्षको उमेरमा हिजो (मंगलबार) बेलुका निधन भएको थियो ।

घिमिरेको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथीसमेत रहेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर