माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकको मृत्यु

३ भाद्र, झापा । करेन्ट लागेर झापामा दुई जनाको ज्यान गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर झापाको कमल गाँउपालिकामा एक जना युवाको ज्यान गएको छ ।

कमल गाँउपालिका वडा नम्बर २ स्थित देवीझोडा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २२ बर्षिय बिशाल रिजालको मंगलवार ज्यान गएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा रिजाललाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर बनेका रिजाललाई उपचारको लागी दमकस्थित लाईफलाईन अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गरेको प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिनुभो ।

प्रतिक्रिया:

सम्बन्धित खवर