जिल्ला प्रशासन कार्यालय सुनसरीद्धारा अनुगमन टोली गठन

जिल्ला प्रशासन कार्यालय सुनसरीद्धारा अनुगमन टोली गठन


१ भाद्र, सुनसरी । गृहमन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला स्तरीय संयुक्त अनुगमन टोली गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुधिर साफीको संयोजकतत्वमा ६ सदस्यीय जिल्ला स्तरीय संयुक्त अनुगमन टोली गठन गरिएको हो ।

टोलीले प्रभावकारी रुपमा अनुगमन गर्ने र अनुगमनको साप्ताहिक कार्य प्रगति विवरण तयार गरी मन्त्रालयमा समेत पेश गर्ने गरी काम गर्ने संयोजक साफीले बताउनुभयो । अनुगमन टोलीमा संयोजक साफी सँगै सदस्यमा कृष्ण दल गण इटहरीका अधिकृत, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, सशस्त्र प्रहरी निरीक्षक सन्तोष न्यौपाने, राष्ट्रिय अनुसन्धानका जिल्ला अधिकृत सुकित चौधरी र स्वास्थ्य कार्यालयमा जनस्वास्थ्य अधिकृत दिक्षा श्रेष्ठ रहनुभएको छ ।

टोलीले स्थानीय तहको वडा टोल टोलमा रहेको होम आइसोलेसन सहित आइसोलेसनमा कारोना संक्रमितको स्वास्थ्य अवस्थाका साथै स्वास्थ्य मापदण्ड पुरा गरेको वा नगरेको बारेमा अनुगमन गर्ने र सचेतनाका लागि टोली परिचालन गर्ने भएको छ ।

प्रशासनको निर्णय अनुसार आन्तिरक मामिला तथा कानुन मन्त्रालयको श्रावण २९ गतेको निर्णयलाई कार्यान्वयन गर्ने र जिल्लामा कोरोनाको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गरी भारत तर्फको दक्षिण सीमा नाकामा ब्यक्तिहरुको आवत जावतलाई पूर्ण निषेध गर्ने भएको छ । यसैबीच प्रशासनले मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना तिराउने अभियान सुरु गरेको छ ।

प्रशासनले संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिमको आदेश उल्लघंन ( मास्क नलगाएकोले) दफा ३ अनुसार जरिवाना रकम १ सय रुपैयाँ तिराउने र ‘अव उपरान्त नेपाल सरकारको आदेश उल्लघंन गर्ने छैन्, गरेमा कानुन बमोजिम सहुँला बुझाउँला’ भनी प्रतिवद्धता समेत जनाउन लगाएको बताइएको छ ।

आज सोमवार मात्रै टोलीले इनरुवा २ र ४ मा तीन सय जनालाई सचेत गराएको छ भने ४१ जनालाई जरिवाना तिराएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर