देउमाई नगरपालिकाको पाँच वटा वडा सिल

देउमाई नगरपालिकाको पाँच वटा वडा सिल


३२ श्रावण, इलाम । इलामको देउमाई नगरपालिकाले नगरको विभिन्न वडामा आज राती १२ बजेबाट सिल गर्ने निर्णय गरेको छ ।

इलाका प्रहरी कार्यालय मङ्गलबारेका एक जना प्रहरीमा कोरोना पोजेटिभ पुष्टि भएपछि समुदायमा कोरोना संक्रमण फैलन नदिन नगरको ३, ४, ५, ८ र ९ नम्बर वडा सिल गर्ने जनाइएको छ ।

देउमाई नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण आपतकालिन समितिको आज बसेको बैठकले ती क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

नगरको क्वारेन्टिन, सङ्क्रमणको सम्भावना रहेका व्यक्तिहरूको नमुना स्वाब सङ्कलन गरी पठाइएकोमा एक जना सुरक्षाकर्मीको रिर्पाेट पोजेटिभ आएको हो ।

सङ्क्रमितको कन्ट्रयाक टे«सिङको आधारमा स्वाब सङ्कलन गरी परीक्षण गरी रिपोर्ट नआउजेलसम्मका लागि यी वडाहरुमा सिल गरिने नगर प्रमुख सुर्य पोख्रेलले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर