३० श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलको पहिलो बैठक भोली शनिबार बस्ने भएको छ ।
आज अध्यक्षद्धय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा पार्टीमा देखा परेका विवाद समाधान गर्न उपायसहितको लिखित सुझाव तयार गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा नेताहरु भिम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुषाल रहेको कार्यदल गठन गरिएको हो ।
कार्यदल संयोजक पौडेलले पहिलो बैठक भोली बस्ने र भोलीबाटै काम सुरु गर्ने जानकारी दिनुभयो । ‘कार्यलदलको पहिलो बैठक शनिबार बस्छ र शनिबारबाटै काम सुरु गर्छ’, संयोजक पौडेलले भन्नुभयो । संयोजक पौडेलले पार्टीका समस्याहरु प्रायः पहिचान भईसकेको भन्दै नेकपा अब इतिहासतिर फर्केर नहिँड्ने बताउनुभयो ।
तत्कालका लागि नेकपा फुटको संघारबाट जोगियोः
नेकपा फुटको संघारबाट तत्कालका लागि जोगिएको छ । सचिवालयका ६ जना नेताहरु एकसाथ अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एकजुट भएर प्रहारमा लाग्दा पार्टी फुटको संघारमा पुगिसकेको थियो । तर, घटना मोडिएर सहमतिको बिन्दु नजिक पुग्ने अवस्था बन्यो । त्यसमा बामदेव गौतमको ‘युओलीविरुद्ध बनेको मोर्चामा नेकपा उपाध्यक्ष बामदेव गौतम समेत रहेकोमा उहाँले अचानक आफू कुनै गुट या पक्षमा नरहेको घोषणा गर्नुभयो । लगत्तै ६ बुँद सहमतिको प्रस्ताव सार्वजनिक गरे जुन ओलीलाई फाइदा पुग्ने खालको थियो ।
यसअघि ओलीलाई राजीनामा गर्न वाध्य पार्ने समुहमा रहेका गौतमले चालेको कदमले तरंग नै ल्यायो । ६ बुँदे एकताका लागि सहमतिको प्रस्तावमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैमा यथावत रहने, अर्ली महाधिवेशन गर्ने, सम्पूर्ण अधिकारसहित पार्टीको कार्यकारी अधिकारलगायतको विषय समावेश थियो ।