स्थापना दिवसको अवसरमा राई विद्यार्थी संघद्धारा ‘अनलाइन बक्तृत्वकला’को आयोजना

स्थापना दिवसको अवसरमा राई विद्यार्थी संघद्धारा ‘अनलाइन बक्तृत्वकला’को आयोजना

३० श्रावण, काठमाण्डौँ । किरात राई विद्यार्थी संघले ‘अनलाइन बक्तृत्वकला’ प्रतियोगिता गर्ने भएको छ । संघले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा ‘मातृभाषामा शिक्षा’ विषयमा अनलाइन बक्तृत्वकला प्रतियोगिता गर्न लागेको संघका महासचिव रविन राईले जानकारी दिनुभयो ।

कोराना संक्रमणको महामारीसँगै सरकारले भेला, बैठक, छलफल गर्न निषेध गरेपछि संघले भाद्र १७ मनाउने स्थापना दिवसमा यसपल्ट अनलाइन बक्तृत्कला प्रतियोगिता गर्न लागेको उहाँले बताउनुभयो । महामारीको कारण यसपल्ट स्थापना दिवसमा भर्चुयल कार्यक्रम गरी भव्यरुप मनाउने बताउँदै जिल्ला कार्यसमितिहरुलाई पनि त्यसैअनुसार सर्कुलर गरिएको समेत उहाँले बताउनुभयो ।

अनलाइन मार्फत हुन लागिरहेको प्रतियोगिताको प्रथम पुरस्कार रु ३० हजार रुपैया रहेको जनाईएको छ । यस्तै द्धितियालाई रु २० हजार, तृतियालाई रु १० हजार र सात्वाना रु ५ हजार रुपैँया पुरस्कार दिइने महासचिव राईले बताउनुभयो ।

प्रतियोगितामा सहभागी हुने विद्यार्थीले भिडियो रेकर्ड गरेर पठाउनुपर्ने छ । भिडियो एक ‘टेक’मा खिचिएको (सम्पादित नगरिएको) र बढीमा पाँच मिनेटको हुनुपर्नेछ । प्रतिष्पर्धीहरुले यसरी पठाएको भिडियोको विषयवस्तु र प्रस्तुतिकरणका आधारमा मुल्याकंन गरिने उहाँले बताउनुभयो । भिडियो ईमेल तथा फेसबुक मार्फत २०७७/४/२९ देखि २०७७/५/१३ गते भित्र पठाइसक्नुपर्नेछ ।

यस्तै संघका अध्यक्ष जीतेन राईले सघंले ‘मातृभाषामा शिक्षा अभियान’ सञ्चाल गररहेको बताउँनुहुँदै मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा ब्यबस्था भए पनि कार्यन्वयनको चरणमा फितलो भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘विभिन्न चरणको आदिवासी जनजाती आन्दोलनबाट प्राप्त उप्लब्धीहरुसँगै मातृभाषामा पठनपाठन गर्ने अधिकार संविधानमा व्यवस्था भए पनि कार्यन्वयनको दिशा एकदमै फितलो भएको अवस्था छ । यसमा राज्य पक्षको बेवास्ता र हामी सरोकारवालाको समेत कम चासो भईरहेको अवस्थामा मातृभाषामा शिक्षा बैज्ञानिक सँगै व्यवहारिक छ भनेर बुझाउन र कार्यन्वयन गर्न यो अभियान संचालन गरिहेका छौं ।’

यस्तै उहाँले यस अभियान अन्तर्गत विभिन्न कार्यक्रम संञ्चालन गरिहेको बताउनुभयो । यस अभियानलाई केन्द्रदेखि स्थानीय तहसम्मै पुर्याएर विभिन्न कार्यक्रमहरु गर्ने योजना भएपनि कोरोना महामारीका कारण जान नसकेको उहाा बताउनुभयो ।

यसअभियान अन्तर्गत अन्र्तक्रिया, प्रशिक्षण, भर्चुयलका साथै दवाब मुलक कार्यक्रमहरु सञ्लालन गरिरहेको अध्यक्ष राईले बताउनुभयो । यो प्रतियोगिता पनि सोही अभियान अन्तर्गत गरिएको बताउँदै उहाँले अभियानलाई सफल बनाउन अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर