दमकमा आज देखी उच्च शुरक्षासर्तकता, नगर प्रवेशमा कडाई

दमकमा आज देखी उच्च शुरक्षासर्तकता, नगर प्रवेशमा कडाई


३० श्रावण, झापा । कोरोना भाइरस समुदाय स्तरमा संक्रमण फैलिन सक्ने जोखिम भएको भन्दै झापाको दमक नगरपालिकाले आज देखि आंशिक लकडाउन गर्ने भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको हिजो बसेको बैठकले नगर भित्र जोखिम नियन्त्रणका लागि आज देखी दमक प्रवेशमा कडाई गर्नुका साथै पसलहरु समेत निश्चित समयसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

नगरपालिकाकी प्रवक्ता तथा उपमेयर गीता अधिकारीले विज्ञप्ति निकालेर नगर भित्र हुन सक्ने जोखिम नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरिएको उल्लेख छ । जसअनुसार दैनिक सञ्चालनमा आएका औषधी पसलवाहेक अन्य पसल तथा व्यवसायहरु विहान ८ वजेदेखि अपरान्ह ४ वजेसम्म मात्र खुलाउने निर्णय गरिएको छ । आफ्ना व्यवसाय सञ्चालन गर्दा व्यवसायी तथा उपभोक्ताले स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै बैक तथा वित्तीय संस्थाहरुले आलोपालो गरि कारोवार सञ्चालन गर्ने, विहान र राती अनावश्यक हिडडुलमा कडाई गरिने, चाडपर्व, नाचगान, गोष्ठि, सभासमारोह लगायतका भीडभाड हुने कार्य भदौ मसान्तसम्म गर्न रोक लगाईएको विज्ञप्तिमा जनाईएको छ ।

त्यस्तै, १० जना भन्दा बढी भेला भएर कुनै कार्य गर्न, गराउन तथा मलामी जादाँ २५ जना भन्दा बढी जान नपाईने, सिटीसफारीमा दुई जनामात्र चढ्न पाईने, मोटरसाईकलमा एक जना भन्दा बढी चढ्न नपाईने जनाईएको छ ।

यसैगरि भदौ १५ सम्ममा बाहिरवाट अत्यावश्यक काम बाहेक कसैलाई पनि दमक आउन नपाउने तथा आउन परे वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने समेत निर्णय भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर