बालुवाटार बैठक सकेर प्रचण्ड–नेपाल समुह थापागाउँमा गुटको छलफलमा

बालुवाटार बैठक सकेर प्रचण्ड–नेपाल समुह थापागाउँमा गुटको छलफलमा

२९ श्रावण, काठमाण्डौँ । बालुवाटारमा ओली र प्रचण्डबीच चार घण्टा कुराकानी भएलगत्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेता छुट्टै छलफलमा जुटेका छन् ।

काठमाडौको थापागाउँस्थित एक कलेजमा चार नेताहरुले आफु निकटका प्रदेश ५ का केन्द्रीय सदस्यसँग छलफल सुरु गरेका हुन् ।

स्रोतका अनुसार सोे छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता श्रेष्ठको सहभागीता छ । छलफलमा नेताहरुले पार्टी विवाद समाधानका लागि सुझाव मागेको बुझिएको छ ।

यसअघि हिजो पनि प्रचण्ड र नेपाल समूहका नेताले गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्यहरू शङ्कर पोखरेल र जनार्दन शर्मासहित अध्यक्षद्वयबीच आज छलफल भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर