नेपालमा आज थपिए ५ सय २५ जना कोरोना संक्रमित

नेपालमा आज थपिए ५ सय २५ जना कोरोना संक्रमित

२९ श्रावण, काठमाण्डौँ । नेपालमा आज थप ५ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो ।

आजसम्म १६ हजार ८ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आज १०९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारमा खटिने सबै स्वास्थ्यकर्मीहरूको रियल टाइम पिसिआर परीक्षण गरेर मात्रै काममा लगाउन सम्पूर्ण अस्पतालहरूलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले महामारीको अवस्थामा स्वास्थ्यकर्मीको अभाव हुन नदिन समयमै सचेत भई सबै स्वास्थ्यकर्मीहरूको नियमित परीक्षण गर्नुपर्ने बताउनुभयो ।

प्रवक्ता प्रा.डा. गौतमले कोरोना सङ्क्रमितको उपचारका लागि तोकिएका अस्पतालहरूमा चार सय ९६ वटा भेन्टिलेटर तथा नौ सय ४२ वटा सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर