बीपीको कोभिड १९ अस्पतालमा बिरामी राख्ने गरि दायरा बढाइयाे

बीपीको कोभिड १९ अस्पतालमा बिरामी राख्ने गरि दायरा बढाइयाे

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बढ्दाे काेराेना संक्रमणकाे मध्यनजर गर्दै कोरोना सङ्क्रमितहरूको उपचारमा दायरा बढाएको छ ।

प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै काेराेना भाइरस (कोभिड १९) का बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि भइरहेको अवस्थामा बुधबार देखि उपचारमा दायरा बढाएर कोभिड १९ अस्पतालमा समेत कोरोना संक्रमित बिरामी राख्न थालिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटा द्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएकाे छ । साे विज्ञप्तीका अनुसार कोरोना संक्रमित बिरामीमा लक्षण देखिएकाहरूलाई कोभिड १९ अस्पतालमा भर्ना गर्न थालिएको हो ।

प्रतिष्ठानको इमरजेन्सीमा आएका र कोरोना आशङ्का गरिएका बिरामीहरूलाई आज देखि कोभिड १९ अस्पतालमा राख्न थालिएको छ । प्रतिष्ठानमा पेईङ वार्ड र धर्मशालामा गरी दुईवटा भेन्टिलेटर सहित कोरोना सङ्क्रमितहरूको उपचार हुँदै आएको थियो ।

हालसम्म प्रतिष्ठानले तीन सय १५ जना भन्दा धेरै काेराेना संक्रमितहरूलाइ निकाे पारिसकेकाे छ भने अहिले एक सय दुइ जना प्रतिष्ठानमा उपचार गराइरहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर