काठमाडाै । प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ । सूचना तथा प्रसारण विभागले प्रेस विज्ञप्ति जारी गर्दै तत्कालका लागि साे सेवाहरू स्थगित गरिएकाे जानकारी गराएकाे हाे ।
काेराेना भाइरस (कोभिड १९) को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरिएकाे जनाएको छ ।प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको हाे ।
काेभिड १९ काे बढ्दाे सम्भावित संक्रमणबाट जाेगाउन नेपाल सरकार तथा मन्त्रीपरिषदकाे साउन २६ गते बसेकाे बैठककाे निर्णय अनुसार अर्काे निर्णय नभएसम्मका लागि स्थगित गरिएकाे जनाएकाे छ ।




सूचना विभाग दर्ता नंः १८२३/०७६-७७