२७ श्रावण, झापा । कोरोना भाइरस समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै झापाको गौरादह नगरपालिकाले गएरातिदेखि तीन वटा वडामा सिल गरेको छ । नगरपालिकाले वडा नं. ६,७ र ८ सिल गरेको हो ।
उक्त वडामा घरमा सशस्त्र प्रहरीसहित ५ जनामा हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि समुदायस्तरमा संक्रमण फैलिएको हुन सक्ने भन्दै जोखिम नियन्त्रणका लागि ती वडा अनिश्चकालका लागि सिल गर्ने निर्णय भएको हो ।
नगरपालिकामा हिजो बसेको सर्वपक्षिय बैठकले उक्त वडाहरुमा पूर्णरुपमा सिल गर्ने निर्णय गरेको नगर प्रमुख रोहितकुमार साहले वताउनुभयो ।