डोटीमा घर भत्कदा एकै परिवारका ४ को मृत्यु, अन्य ४ जना घाईते

डोटीमा घर भत्कदा एकै परिवारका ४ को मृत्यु, अन्य ४ जना घाईते

२७ श्रावण, डोटी । डोटीको आदर्श गाँउपालिका–१ खलगडामा घर भत्कदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।

जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानी, खलगडाका अन्दाजी ३५ वर्षिय लोगे लुहारको घर पछाडीबाट खसेको पहिराले घर भत्किंदा उनकी ३५ वर्षीया श्रीमती विष्णा लुहार, ११ वर्षको छोरा पारस लुहार, ७ वर्षको छोरी शिरु लुहार र ४ वर्षकी छोरी जेनिशा लुहारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले जानकारी दिनुभयो ।

गएराती करिब १ बजेतिर घरपछाडीबाट खसेको पहिरोले घर भत्किंदा अरु ४ जना घाइते छन् ।

घटनामा परी घरमुली लोगे लुहारसँगै उनकी आमा ५२ वर्षकी पाना लुहार, आदर्श गाउँपालिका–४ घर भई पाहुनाको रुपमा आएकी लोगे लुहारकी सासु आमा झाङरी बिक र १३ वर्षका उनका साला इन्द्र बिक घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर