कोरोनाको ओखती फेला पर्ला तर नेकपाको ओखती नपाइने भो !–गोकुल बाँस्कोटा

कोरोनाको ओखती फेला पर्ला तर नेकपाको ओखती नपाइने भो !–गोकुल बाँस्कोटा

२४ श्रावण, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीभित्रको झगडाको ओखती काठमाडौंमा नपाईने टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो बताउनुभएको हो ।

उहाँले ट्विटरमा लेख्नुभएको छः–‘२०५४को झझल्को पो आउन थाल्यो त नेकपामा ! बरु कोरोनाको ओखती फेला पर्ला ! नेकपाको झगडाको ओखती कमसेकम काठमाडौंमा चै नपाइने भो जस्तो छ । बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ ?’

पार्टीभित्रको विवाद बढिरहेको बेलामा ओलीका विश्वासपात्र नेता बाँस्कोटाले यस्तो टिप्पणी गर्नुभएको हो ।

श्रावण १३ गतेदेखि नेकपाको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिका लागि यो बीचमा धेरै पटक वार्ता भएपनि ठोस सहमति हुन सकेको छैन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर