
२४ श्रावण, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापासहित उहाँको सुरक्षाकर्मी र राजनीतिक सल्लाहकारको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
कोरोना सङक्रमित प्रदेश–२ का कानूनमन्त्री ज्ञानेन्द्र यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उहाँको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।
यही श्रावण १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी हुनुहुन्थ्यो । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उहाँको ‘क्लोज कन्ट्याक’मा रहेका गृहमन्त्रीसहित सहभागी टोलीको कोरोना परीक्षण भएको हो ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७