
२४ श्रावण, इलाम । इलामको सन्दकपुर गाउँपालिकामा हाइड्रो मर्मत गर्न आएका कर्मचारीमा कोरोना देखिएपछि ५० जनाको स्वाब संकलन गरिएको छ ।
हाइड्रो पावरमा कार्यरत १० जना कर्मचारी सहित स्थानीयको गरी ५० को स्वाब संकलन गरेर परिक्षणका लागि पठाईएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो ।
त्यसैगरी इलाम नगरपालिका–२ पुवामझुवाका कोरोना संक्रमित शसस्त्र प्रहरीसंग सम्पर्कमा आएका ८ जना सहित ११५ जनाको पनि कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।
अहिले सन्दकपुर गाउँपालिका पुर्ण रुपमा सिल गरिएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७