२३ श्रावण, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देशभरका थप ४६४ जनामा पुष्टि भएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ ।
त्यस्तै आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रमितमध्ये १५ हजार ८ सय १४ जनाको सफल उपचार भएको छ भने ६ हजार ३ सय ३० जना संक्रमितको आइसोलेसनमा उपचार हुँदैछ ।
यस्तैगरी पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म कूल ७० जनाको मृत्यु भएको छ ।
अहिले देशभरका क्वारेन्टिनमा १० हजार २ सय ७ जनाको स्वास्थ्य उपचार भइरहेको छ ।