नारायणकाजीलाई रिमालको कटाक्षः विधिको नक्कली गीत गाउँदै गुटबन्दीको उत्तोलक नबन्नुहोस्

नारायणकाजीलाई रिमालको कटाक्षः विधिको नक्कली गीत गाउँदै गुटबन्दीको उत्तोलक नबन्नुहोस्


२३ श्रावण, काठमाण्डौँ । प्रधाननमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठबारे तितो टिप्पणी गरेका छन् ।

नेकपा स्थायी कमिटी सदस्यसमेत रहनुभएका रिमालले ‘इनफ इज इनफ’ भन्दै प्रवक्ता श्रेष्ठलाई मेन्सन गरेर ट्वीट गर्नुभएको छ ।

‘कमसेकम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्’ रिमालले ट्वीटमा लेख्नुभएको छ–‘विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्ने उत्तोलक नबन्नुहोस् ।’

मुलुक संवेदनशील मोडमा रहेको भन्दै उहाँले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भन्नुभएको छ ।

स्रोतका अनुसार पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टीसम्वद्ध पत्रकारसँग गरेको भेट तथा छलफललाई लक्षित गरेर यो ट्वीट गर्नुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर