प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता, पार्टी विभाजनको ‘डिल’मा

प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता, पार्टी विभाजनको ‘डिल’मा


२२ श्रावण, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीभित्र अब वार कि पारको लडाईं शुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी फुटबाट जोगाउन अन्तिम प्रयास हुने भएपनि त्यसले सकारात्मक परिणाम निकाल्ने सम्भावना क्षीण भएको छ ।

ओलीलाई सत्ताबाट हटाइछाड्ने अडानमा प्रचण्ड देखिएका छन् भने ओली कुनै हालतमा सत्ताबाट नहट्ने अडानमा छ । यसरी दुई नेताहरुको टकरावले फुटको संघारमा नेकपा पुगेको छ ।

सम्भावित दुर्घटनालाई दृष्टिगत गरी ओली र प्रचण्ड आ आफ्नो तयारीमा जुटेका छन् । हिजो प्रचण्डले फुटको संकेत गर्दै मानसिकता तयार गर्न भनेका थिए ।

प्रचण्डको निमन्त्रणमा नेम्वाङ खुमलटार पुगेः
दुई अध्यक्षबीचको वार्ता हुन नसकिरहेका बेला प्रचण्डकै आग्रहमा सुवासचन्द्र नेम्वाङ खुमलटार पुगेका हुन् ।

प्रचण्डसँग के कुरा भयो भन्नेबारे नेम्वाङ खुल्न चाहेनन् । उनले अहिलेसम्मको छलफल सकारात्मक रहेको भन्दै आफू आशाबादी बनेको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

आफू दुई अध्यक्षबीच पुनः छलफल गराउन प्रयासरत रहेको भन्दै नेम्वाङले आज भने भेटघाटको सम्भावना नरहेको बताए ।

प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ ।

नेम्वाङले भने महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुकनै संकटमा पर्ने बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर