२१ श्रावण, सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर आज राती १२ बजे देखि श्रावण २६ गते राती १२ बजे सम्मका लागि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।
पछिल्लो समय सुनसरी जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै दुहबी, इनरुवा, इटहरी, धरान र बराहक्षेत्र नगरपालिकाले लकडाउन सुरु गरेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी र सरकारी सेवा बाहेक अरू कसैलाई घर बाहिर ननिस्किन अपिल गर्नुभएको छ । दैनिक सयौं सर्वसधारणहरु ओहोर दोहोर गरेकै कारण सुनसरीम समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले निश्कर्ष निकोलेको छ । जिल्लाले बढ्दो जोखिम कम गर्न, भिडभाड रोक्न निषेधित क्षेत्र घोषणा गरिएको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार श्रावाण २६ गते सम्मकालागि जिल्लाभर निषेधित क्षेत्र लागु रहने छ ।
प्रजिअ पोखरेलले स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले सुरक्षात्मक उपाय अपनाउन निषेधित क्षेत्र घोषणा गरिएको बताउनुभयो । सो अवधिमा अत्यावश्यक ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य चलाउन पाइने छैन् ।
निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंडडुल गर्नेलाई पक्राउ गरी कार्वाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ ।