२० श्रावण, काठमाण्डौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन् ।
एक साताअघि दुई अध्यक्ष सामक्ष ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यस यता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको अल्ला चलेका बेला प्रचण्ड गौतम निवास पुगेका हुन् ।
यस अघि प्रधानमन्त्री ओली पत्नि राधिका शक्य सहित गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका थिए ।
ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले भने समसामयिक विषयमा नेताहरुबीच छलफल हुनु सामान्य भएको प्रतिक्रिया दिएका छन् ।